बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेसबाट बारा २ को उम्मेदवारमा राधेचन्द्र यादव सिफारिस

सोमवार , चैत्र १३, २०७९

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बारा २ को उपनिर्वाचनका लागि राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

सोमबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। 

यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार