सोमवार, श्रावण २५ गते २०८३

कोरोनाको तेस्रो लहर आउन सक्ने उच्च सम्भावन छ : जनस्वास्थ्य विज्ञ

महामारी व्यवस्थापन गर्न १८ बुँदे सुझावसहित योग्य स्वास्थ्यमन्त्री नियुक्त गर्न माग

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । नेपालमा कोभिड–१९ महामारीको तेस्रो लहर आउने सम्भावना उच्च रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । कोरोना महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश गरेका छन् ।

क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि १८ बुँदे सुझाव पेश गरेका हुन् ।

उच्च स्तरीय कोभिड-१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन सुझाव दिँदै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।

उनीहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध÷असाहय मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार