सोमवार, श्रावण २५ गते २०८३

मोरङमा एसईईका ५२ जना नक्कली परीक्षार्थी एउटै परीक्षा केन्द्रबाट पक्राउ

बिहिवार , चैत्र २३, २०७९

काठमाडौं । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

बिहीबार ५२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका १९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको पाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार