काठमाडौं । कलाकार सन्तोष बानियाँको अभिनयमा नयाँ गीत ‘आँखा आँखा जुधी’ सार्वजनिक भएको छ ।
गीतमा सन्तोषसंग श्रेया सिटौलाको साथ छ । उनिहरुको जोडी निकै सुन्दर देखएिको छ । गीतमा ध्रुव प्रसाद अंम्गाईको शब्द, भ्वाईस अफ नेपाल सिजन-३ का कन्टेष्टेन्ट गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।
सोनाम पाख्रीनको निर्देशन रहेको म्युजिक भिडियोको छायाँकन वुद्ध थापाले गरेका हुन् । भिडियो सम्पादन विकास दहालको छ । गीतमा सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छन् ।