आइतवार, श्रावण २४ गते २०८३

लिंग ठूलो बनाउन स्टिलको रिंगभित्र छिराएपछि यस्तो आपत

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । मानिसहरुको दिमागमा अनौठा उपायहरु सुज्ने गर्छ । यस्तै अनौठो उपाय लगाँउदा एक युवकले असैह्य पिडा त सहनु पर्यो झण्डै उनले लिंगनै गुमाउन परेन ।  आफ्नो प्रेमिकालाई उपहार दिन भन्दै गुप्ताङ् ठूलो बनाउन लागेका एक युवकलाई यस्तो आपत्त परेको छ ।

यो घटना अली अघीको हो । भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गुप्तांग ठूलो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गुप्तांगलाई स्टिलको रिंगभित्र छिराए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म खतरनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनु पर्यो ।

द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई लिंग ठुलो बनाएर प्रभावित पार्न चाहेको बताएका छन् ।

युवकका अनुसार उनले अंगमा रगतको दबाब बढाएर ठूलो र कडा बनाउन रिंग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफुसंग रहेको ३ सेन्टिमिटर फराकिलो रिंगमा तेल प्रयोग गरेर आफ्नो गुप्तांग छिराए । 

तर, भोलिपल्ट उनको गुप्तांग निकै पीडादायी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अड्किएको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इमरजेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै काट्नुपर्छ कि भनेर म निकै डराइरहेको थिएँ । यो निकै सुन्निएको थियो र मलाई त फुट्छजस्तो लागेको थियो ।’ रिंग काटेर उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो । 

उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइयो । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार