आइतवार, श्रावण २४ गते २०८३

अमेरिकी कम्पनीको अन्तरीक्षमै उडेर बिहे गर्न पाइने योजना

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले विशेष खालको अन्तरीक्ष बेलुन तयार पारेको छ । उक्त बेलुनको आकार एउटा फुटबल रंगशाला जत्रै रहेको छ ।

जुन स्पेस बेलुनले अन्तरीक्षमा बिहे गर्ने अर्थात् स्पेस वेडिंगको सपना पनि अब यथार्थमा परिणत हुँदैछ । भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा १ लाख फिट उचाइमा अन्तरीक्ष क्षेत्रमा बसेर जोडीहरुले बिहे गर्न पाउनेछन् ।

अन्तरीक्षमा बेलुनमा उडेर बिहे गर्ने चाहना सबैको हुनसक्दछ । तर यो चाहेर पनि सबैका लागि सम्भव हुनेछैन । किनकि अन्तरीक्षमा गएर बिहे गर्नका लागि डेढ करोड रुपैयाँ भुक्तान गर्नुपर्नेछ । अन्तरीक्षमा गएर बिहे गर्ने यो कार्यक्रम सुरु हुनका लागि सन् २०२४ सम्म पर्खिनुपर्नेछ ।

कम्पनीका अनुसार केही मानिसहरुले अन्तरीक्षमा बिहे गर्ने उक्त यात्राका लागि बुकिंग गरिसकेका छन् । उक्त बेलुनमा एक पटकमा ८ जना मानिसले यात्रा गर्न सक्नेछन् । यो यात्रा ६ घण्टाको हुनेछ । गत जुन महिनाको अन्तिम देखि अन्तरीक्ष बिहेको उक्त यात्राको अग्रीम बुकिंग सुरु भैसकेको छ ।

कम्पनीका अनुसार केवल बिहेका लागि मात्र नभई कर्पोरेन्ट इभेन्ट, बर्थडे जस्ता कार्यहरुका लागि समेत अग्रिम बुकिंग गर्न सकिनेछ । स्पेस बेलुनबाट यात्रा गर्ने क्रममा पृथ्वीलाई ३६० डिग्रीमा देख्न सकिनेछ ।

बेलुनमा नुहानका लागि बाथरुम लगायतका बार र वाइफाइ लगायतका अत्याधुनिक सुविधा हुनेछन् । उडानका क्रममा ब्रेकफास्ट तथा कोल्ड ड्रिंक्स अर्डर गर्न सकिनेछ । कम्पनीले गत जुन महिनामा मात्रै बेलुनको परीक्षण गरेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार