बुधवार, आश्विन १४ गते २०८३

इथियाेपियामा हैजावाट मृत्यु हुनेको संख्या ९८ पुग्यो, राष्ट्रसंघले माग्यो सहयोग

शनिवार , बैशाख ३०, २०८०

काठमाडौं। इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । दक्षिणपूर्वी इथोपियामा पैmलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 

संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत साता देखी फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल, दक्षिणी पुर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।

इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाईएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिईएको छ । 

सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।

उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्टिय सहयोगका लागि आब्हान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार