बुधवार, आश्विन १४ गते २०८३

मोखा आँधीले बंगलादेशकाे सबैभन्दा ठुलो बन्दरगाह बन्द

आइतवार , बैशाख ३१, २०८०

ढाका। ‘मोखा आँधी’का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न बिबश भएका छन् । 

देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ  ।

सो राक्षसी आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ  । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखालाई लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार