बुधवार, आश्विन १४ गते २०८३

‘ए’ डिभिजन लिगः मछिन्द्रको सानदार जित,हिमालयन र संकटाले अंक बाँडे

सोमवार , जेठ १, २०८०

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ भने हिमालयन शेर्पा र संकटाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मछिन्द्रले एफसी खुमलटारलाई ३-० गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो । मछिन्द्रको जितमा ओलावाले अफिजले दुई तथा एन्ड्रिस निया एक गोल गरे ।

यस जितसँगै १८ खेलबाट ३० अंक जोडेको मछिन्द्रलेशीर्ष स्थानको जावलाखेलसँगको दुरी एक अंकमा झारेको छ । समान खेल खेलेको खुमलटार भने १७ अंक सहित तालिकाको पुछारमा छ । 

यस्तै, आज नै भएको अर्को खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

हिमालयन शेर्पाका लागि म्यानुअल नानाले एक गोल गरे भने संकटाका आयुश घलानले एक गोल फर्काए । यस बराबरीसँगै १८ खेलबाट २२ अंक जोडेको हिमालयन शेर्पानवौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट २१ अंक जोडेको संकटा भने ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार