बुधवार, आश्विन १४ गते २०८३

टर्कीको राष्ट्रपतिका लागि कसैले ल्याएन ५० प्रतिशत बढी मत, फेरि चुनाव हुने

सोमवार , जेठ १, २०८०

काठमाडौं। टर्कीमा राष्ट्रपति चयनका लागि पुनः निर्वाचन हुने भएको छ । आईतबार भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मे २८ मा फेरि चुनाव हुने भएको छ। हिजो भएको चुनाव बहालवाला राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले सबैभन्दा धेरै मत पाएका छन्।

उनले ४९.३९ प्रतिशत मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी विपक्षी गठबन्धनका केमाल किलिक्डारोग्लुले ४४.९२ प्रतिशत मत ल्याए।

त्यस्तै, अर्का उम्मेदवार सिनान ओगानले ५.३ प्रतिशत मत पाएका छन्। मे २८ मा हुने चुनावमा ओगानले कसलाई समर्थन गर्छन् भन्ने कुराले पनि महत्वपूणर् भूमिका खेल्ने बताइएको छ ।

दोस्रो चरणमा पुगेका दुबै उम्मेदवारले आफूले चुनाव जित्ने दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार