काठमाडौं । गायक बिशाल बिसी र निर्मला श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘निरमायाको’ सार्वजनिक भएको छ । गीतमा प्रदिप प्रखर पोख्रेलको शब्द र पुजा गुरुङ्ले संगीत भरेकी छन् ।
गीतको भिडियोमा रबि बहादुर सिंह र माया उपरकोटीको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफी कमल भक्तले गरेका छन् भने महेशबिक्रम पाण्डेले गीतको अरेन्ज र मिक्सिंग गरेका हुन् । गीतको भिडियोलाई महेशबिक्रम पाण्डेले निर्देशन गरेका हुन् ।