सोमवार, श्रावण २५ गते २०८३

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

सोमवार , जेठ २२, २०८०

काठमाडौं। शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निणर्य गरेको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निणर्य गरेको जनाएको छ ।

मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो । त्यसयता विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार