बुधवार, आश्विन १४ गते २०८३

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकट बढ्ने राष्ट्रसंघकाे चेतावनी

सोमवार , जेठ २२, २०८०

संयुक्त राष्ट्रसंघले पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने चेतावनी दिएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने बताएको हो ।

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको छ । दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिएको हो ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको जनाएको छ ।

दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था,विषम भूगोल एंव जलवायु परिवर्तन लगायतका कारण खाद्य संकट बढ्ने राष्ट्रसंघको भनाई छ ।

प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया,केन्या,प्रजातान्त्रिक गणतन्त्र कंगो तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार