बुधवार, आश्विन २१ गते २०८३

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, सबै सांसदको समर्थन

मंगलवार , जेठ ३०, २०८०

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक विश्वासको मत पाएका छन्। जेठ १ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार ३० औं दिन अकास्मिक रुपमा उहाँले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री यादवलाई उपस्थित सबै दल तथा स्वतन्त्र सांसदहरुले विश्वासको मत दिए। उनको विश्वासको मतको पक्षमा १०३ मत परेको छ । सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए। पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत लिँदै मुख्यमन्त्री यादवले अगामी असार १ गते ल्याउन लागेको बजेट जनतामुखी हुने प्रतिवद्धता जनाए। उनले सरकारमाथि गरेको विश्वासले उर्जा बढेको भन्दै कसैलाई भेदभाव काँखापाखा नगरी अघि बढ्ने बताए।

संयन्त्र बनाएर प्रदेशलाई भ्रष्टाचार मुक्त गर्ने आश्वासन व्यक्त गर्दै उनले विकास अघि बढाउने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार