सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । सु.प.प्र ०१ ००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट बझाङ चैनपुर जाने क्रममा आज दिउँसो करिब २ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उहाँको देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।