बुधवार, आश्विन २१ गते २०८३

जीप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्रीसहित तीन जनाको निधन

मंगलवार , आषाढ ५, २०८०

काठमाडौं। बझाङमा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको निधान भएको छ। मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

योसँगै दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज पुर्‍याईएको थियो । सिंहसँगै नेपालगञ्ज पुर्‍याईएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार