आइतवार, श्रावण २४ गते २०८३

काठमाडाैंमा हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतको आदेश

बिहिवार , आषाढ ७, २०८०

काठमाडौं। हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम  आदेश दिएको छ।

 बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। 

अधिवक्ता जयलाल भण्डारीका अनुसार अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको छ। विपक्षीसँग छलफल गर्नको असार १२ गते दुबै पक्षलाई अदालतले बोलाएको छ। 

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो। 

प्रतिक्रिया
सम्बन्धित समाचार