काठमाडौं । भारतको उत्तर प्रदेशमा सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर महिलाको मृत्यु भएको छ ।
२६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोेली लागेर मृत्यु भएको हो ।
टाइम्स अफ इन्डियाका अनुसा उनले धेरैवटा सेल्फी खिचि सकेकी थिइन् तर गोली भरिएको बन्दुकको ट्रिगर झुक्किएर थिच्न पुग्दा गत बिहीबार राति उनको मृत्यु भएको बताइएको छ ।
बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो । अस्पतालमा उनको मृत्यु भएको बताइएको छ । उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए । यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ ।
राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि बन्दुक लोड गरेको भनेर अनुसन्धान भइरहेको छ । भारतमा अनुमति बिना बन्दुक बोक्न पाइँदैन ।