देशभरका सामुदायीक विद्यालयमा कार्यरत विद्यालय कार्मचारीहरुले धर्नामै असार १५ मनाएका छन् । आफ्नो पेशागत माग राख्दै असार २८ काठमाडौंको माईतीघरमा गतेदेखि धर्नामा रहेका उनीहरुले शुक्रबार धर्नामै दही चिउरा खाएर असार १५ मनाएका हुन्।
जेठ २१ गते बाट ७७ जिल्लाको शिक्षा बिकास समन्वय इकाई बाट सुरु भएको धर्ना असार २८ गतेदेखि काठमाडौं केन्द्रित छ । उनीहरुले थाल ठटाउदै बृहत् प्रदर्शन सहित रिले अनसनमा सुरु गरेका थिए। उनीहरुले सरकारसँग दुईपटक वार्त गरेपनि माग सुनुवाई नभएको बताउका छन्। यसपटक झुटो आशवासन लिएर नफर्किने उनीहरुको अडान छ।
यसअघि कर्मचारी आन्दोलन २०७५ र २०७९ सालको भएको सहमति कार्यान्वयन नगरेको र मिति २०६७/१०/२३ र २०७१/५/१२ को सर्वोच्च अदालतको फैसला समेत कार्यान्वयन नभएकोेले कर्मचारी आन्दोलनमा छन् । प्रतिनिधि सभामा थुपै सांसहरुले उनीहरुा मागबारे खबरदारी गराउँदा समेत कर्मचारीहरुका मागमुद्दा प्रति सरकार गम्भीर नबनेको उनीहरुको आरोप छ।
पटक देशभर वारपार आन्दोलन गर्ने तयारी कर्मचारीहरुले गरेका छन्। त्यसमाथि सडकमै दही चिउरा खाँदै असार १५ धान दिवस समेत मनाएको दृश्यले राज्य र ब्यबस्थालाई गिज्याउनुपर्ने उनीहरुले बताएका छन्।
कर्मचारी दरबन्दी, संघिय शिक्षा ऐन पारित गर्नुपर्ने तथा अदालतका फैसला कार्यान्वयन र कर्मचारीसँग पटक-पटक भएका सहमति कार्यान्वयन गरि तत्काल तलब स्केल तोक्ने मागबाट पछि नहट्ने भनेपछि अर्थन्त्रालयद्धारा कर्मचारीका मागबारे मौनता देखाउदा आन्दोलन थप पेचिलो भएको उनीहरु बताउछन्।
कर्मचारी युनियन पुर्व महासचिव राजु अवस्थीले हाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन थप चर्काउने तयारी समेत बताएका छन्।