काठमाडौं । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।
गुल्मीको शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनमा परेको र उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।