सोमवार, श्रावण २५ गते २०८३

विद्यालय कर्मचारी र सरकारबीच सहमतिः आन्दोलन स्थगित

मंगलवार , आषाढ २६, २०८०

काठमाडौं। विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै आन्दोलन गर्दै विद्यालय कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । विद्यालय कर्मचारीहरूले उठान गर्दै आएका ५ बुँदे माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधन गर्ने गरी सहमति गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

पारिश्रमिकमा काम गर्नुपरेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाई कार्यान्वयन गर्न माग गर्दै जेठ २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

सहमति भएसँगै आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ।

सहमति अनुसार माग पुरा गराउन अर्थ मन्त्रालयलाई लेखी पठाउने समेत निणर्य भएको छ । सहमति अनुसार विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गरिने भएको छ । विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको जानकारी दिए। 

सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई बुझाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार