सोमवार, श्रावण २५ गते २०८३

एमसिसी राष्ट्रघाती छ भन्दै भीम रावलले गराए गठबन्धनको ध्यानाकर्षण

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रघाती भएको भन्दै गठबन्धन ध्यानाकर्षण गराएका छन् । ट्विट गर्दै उनले नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने बताएका हुन् । 

उनले लेखेका छन्, ’नेपालको संविधान,कानुन,राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरणतर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्।

यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।’
एमसिसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि त्यसलाई हेक्का राख्नुपर्ने उनको भनाइ छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार