सोमवार, श्रावण २५ गते २०८३

हस्पिटालिटी म्यानेजमेन्टको सर्वोत्कृष्ट गन्तव्य : एक्सप्लोर इन्स्टिच्युट कालिमाटी

बिहिवार , आषाढ २८, २०८०

काठमाडौं । कालिमाटीस्थित सिटिइभिटी तथा युरो टेक्निकल एण्ड भोकेसनल एकेडेमी,मलेसियाबाट सम्बन्धन अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो । 

युवाहरूलाई होटल सम्बन्धी तालिम दिएर रोजगारी दिन सफल एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले हस्पिटालिटी र डिप्लोमा ईन कुलनरी आर्ट्स (परिकार बनाउने)अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।

पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको यस इन्स्टिच्युटमा कमर्सियल कुकरी,ब्रेकरी,पिजा मेकिङ,कफी मेकिङ,(बारिस्टा ट्रेनिङ) हाउस किपीङ,फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस,हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।

कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौँतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त पास आउट भएका अधिकांश विद्यार्थीहरूले स्वदेश एवम् विदेश स्थित स्तरीय होटल  रेष्टुराँहरूमा रोजगारी पाएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रमुख राजेन्द्र प्रसाद त्रिपाठीले जानकारी दिनु भयो ।

होटल,दिगो पर्यटन व्यवस्थापन,सामुदायिक हाेमस्टे सम्बन्धी सम्पूर्ण तालिम’प्रदान गर्दै आएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले निकट भविष्यमा आफ्नो सेवालाई नेपालका अन्य ठूला सहरहरूमा पनि विस्तार गर्ने योजना बोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार