सोमवार, श्रावण २५ गते २०८३

परशुराम नगरपालिकाका विद्यालयमा राजनीतिक गतिविधिमा बन्देज

शनिवार , आषाढ ३०, २०८०

धर्मराज भट्ट, काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाले सरकारी तथा सामुदायिक विद्यालयहरूमा राजनीतिक क्रियाकलापमा बन्देज लगाएको छ। 

राजनीतिक गतिविधिका कारण विद्यालयको शैक्षिक वातावरणमा प्रभाव परेको भन्दै आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा मार्फत विद्यालय शान्ति क्षेत्रको अवधारणालाई मूर्तरूप दिइने नीति लिएको नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिए।

सामुदायिक विद्यालयहरूमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापसँगै राजनीतिक दलका भातृसंस्था गठन कार्यलाई समेत निषेध गरिने जानकारी दिए।

सँगै शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने नगर प्रमुख जोशीले बताए।
नगरसभाबाट भएका निणर्यहरु कार्यान्वयन गर्न सबै पक्षसँग छलफलसमेत भइसकेको नगरपालिकाले जनाएको छ।

यस्तै विद्यालयमा व्यवस्थापन समिति नै राजनीतिक आडभरोसामा गठन हुने गरेकाले दोश्रो चरणमा आगामी भदौ महिनाभित्र कार्यविधि बनाएर व्यवस्थापन समितिहरूमा समेत हस्तक्षेप गर्ने तयारी भइरहेको उनको भनाई छ। 

जोशीले भने,‘पहिलो चरणमा विद्यालयमा राजनीतिक गतिविधि बन्द गर्छौँ। दोश्रो चरणमा कार्यविधि बनाएर व्यवस्थापनमा पनि हस्तक्षेप गछौँ। साउन वा भदौसम्म कार्यविधि बनिसक्छ। अहिलेका समितिहरू नै विघटन गराउनेगरी पनि काम अघि बढ्छ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार