आइतवार, श्रावण २४ गते २०८३

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनकाे घुइँचो

सोमवार , श्रावण १, २०८०

आज साउन महिनाको पहिलो सोमवार। साउनको सोमवार पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उनले बताए। सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ ।

तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताए।

यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार