बुधवार, आश्विन १४ गते २०८३

मणिपुर घटनाः महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पाँच पक्राउ, भाजपा र विपक्षी दलबीच टकराव बढ्दो

शनिवार , श्रावण ६, २०८०

काठमाडौं। भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न रहेको आशङ्कामा शनिबार पाँचौँ व्यक्तिलाई पक्राउ गरिको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।

घटनामा संलग्न अन्यमाथि अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको कसुरमा मुद्दा दायर गरिएको छ । ती महिलामाथि मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा भएको यौन दुर्व्यवहारको भिडियो बुधबार सार्वजनिक भएको थियो ।

कुकी समुदायका दुई महिलालाई मैतेई समुदायका व्यक्तिले सामूहिक बलात्कार गरेको हुन सक्ने आशङ्का पनि गरिएको छ । सो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढेको छ । मोदीले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनु भएको छ ।

मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गरिनुपर्ने माग अघि सारेपछि मणिपुरमा मे ३ देखि जातीय हिंसा जारी छ । हिंसाका क्रममा १ सय ४० भन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौं नागरिक विस्थापित भएका छन् ।

टकराब बढ्दो
सो घटनालाई लिएर सत्तारुढ भाजपा र विपक्षी दलहरूबीचको राजनीतिक टकराव बढ्दै गएको छ । मणिपुर हिंसाको बारेमा बहस गराउने संसदमा भएको गतिरोधको बीचमा, विभिन्न विपक्षी दलका सांसदहरूले सोमबार संसद परिसरमा महात्मा गान्धीको प्रतिमा नजिक विरोध प्रदर्शन गर्ने योजना बनाएका हुन् ।

सोमबार बिहान १० बजे बस्ने बैठकपछि दुवै सदनमा प्रवेश गर्नुअघि नेताहरुले गान्धीको शालिक नजिकै धर्ना दिने जनाइएको छ । सरकारले विपक्षी दलहरु सबै महत्वपूणर् विषयमा बहसबाट भागेको आरोप लगाउँदै यसप्रतिको गम्भीरतामाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार