बुधवार, आश्विन १४ गते २०८३

स्पेनको निर्वाचनः मध्य-दक्षिणपन्थी पीपी सबैभन्दा धेरै स्थानमा विजयी, सरकार गठनका लागि बहुमत अपुग 

सोमवार , श्रावण ८, २०८०

काठमाडौं। स्पेनको निर्वाचनमा मध्य-दक्षिणपन्थी पपुलर पार्टी (पीपी) ले सबैभन्दा बढी सीट प्राप्त गरेको छ । सत्ताधारी सोशलिस्ट पार्टी (पी.एस.ओ.ई) ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ ।

पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १ सय ६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र १५ साना वामपन्थी पार्टीहरूको समूह (सुमार) ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् ।

स्पेनमा हिजो माथिल्लो सदनका २ सय ६५ सिटमध्ये २ सय ८ सिटका साथै संसदको तल्लो सदनका सबै ३ सय ५० सिटका लागि निर्वाचन भएको थियो ।

विजयका बावजुद पनि दक्षिणपन्थी समूह पीपीले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत भने ल्याउन सकेन । जस कारण अबको सरकार गठन प्रक्रिया कठिन भएको छ ।

कङ्ग्रेस अफ डेपुटीज (तल्लो सदन)को कूल ३ सय ५० मध्य पूणर् बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ । भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार