बुधवार, आश्विन १४ गते २०८३

एक महिनादेखी सम्पर्कविहीन चीनका विदेशमन्त्री छिन काङ बर्खास्त

मंगलवार , श्रावण ९, २०८०

काठमाडौं। चीन सरकारले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ । एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले आज पदबाट बर्खास्त गरेका हुन्। गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ पछिल्लो पटक जुन २५ यता सार्वजनिक रुपमा देखिएका थिएनन्।

सो दिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए। अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा समेत काम गरिसकेका विदेशमन्त्री काङ अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेनालाई उहाँमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।

सेनाले दिएको प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो। चिनियाँ विदेशमन्त्री भएपछि पनि उहाँ अमेरिकी कूटनीतिज्ञहरूसँग नियमित सम्पर्कमा रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। काङलाई बर्खास्त गरेर उहाँको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको छ।

नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक विदेशमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म विदेशमन्त्री रहेका थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार