आइतवार, श्रावण २४ गते २०८३

रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ सार्वजनिक (भिडियोसहित)

आइतवार , श्रावण १४, २०८०

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजजिकिदै जाँदा नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भएका छन्।

योसंगै लोक दोहोरी गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायिका स्वयं रिया घलेले स्वर दिएकी छन् ।

सावजनिक गीतमा महँगीले गरिबीले सर्वसाधारणकाे दैनिकीमा नराम्ररी प्रभाव परेको कथालाई देखाइएको छ।

मौसम हिमालीको निर्देशन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा रमा थपलिया,रिया घले र खेम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार