आइतवार, श्रावण २४ गते २०८३

शिव कैलाश कला मन्दिरको आयाेजनामा एकल नृत्य प्रतियोगिता सम्पन्न

सोमवार , श्रावण २२, २०८०

काठमाडाैं। शिव कैलाश कला मन्दिरको आयोजना मा दोस्रो उपत्यकाव्यापी विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चलचित्र नृत्य निर्देशक नारायण रिजालकाे सभापतित्वमा भएकाे कार्यक्रममा टोखा नगरपालिका उप-मेयर मुरारी तमाङ्ग प्रमुख अतिथि रहेकाे थियाे। उनीहरुले नै प्रतियागिताकाे उद्घाटन गरेका थिए। 

विगत २४ वर्षदेखि मन्दिरले कला र संस्कृति बचाउन र नयाँ पुस्तामा समेत कलाकाे उजागर गर्नमा महत्वपूर्ण भुमुका खेल्दै आएको छ। प्रतियाेगितामा उपत्यकाका १३ विद्यालयका २८० विद्यार्थीहरुले सहभागिता जनाएका थिए। ३ दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन निर्णायक तर्फ कोरियो ग्राफर मोडेल सुरेन्द्र बसेल ,नायक तथा कोरियोग्राफर सोन बहादुर तामाङ, दाेश्राे दिन वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात र तेश्राे दिन लोक नृत्य, खोज कर्ता, शास्त्रीय नृत्यका प्रशिक्षक वरिष्ठ निर्देशक कृष्ण प्रसाद पौडेल(केपी पौडेल) वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात ,मोडेल तथा  नृत्य निर्देशक कृष्ण रसाइली उपस्थित रहेको कोरियोग्राफर रेनुका रिजालले बताइन्। 

No description available.

प्रतियोगितामा नाम्स स्कुल गोङ्गबुकी छात्रा सिरीना परियार, रेडअन स्कुल सामाखुसीकी कक्षा दुइ मा अध्ययनरत शिखा बिष्ट, काठमाडौं लिङ्कन तारकेश्वरकी कक्षा तीन मा अध्ययनरत सफला तामाङ, कक्षा ४ बाट गिनिज स्कुल धर्मस्थली सानो बाइपास कि सोनाली गुरुङ, कक्षा ५ बाट सभ्यता पाठशाला रानीवन कि प्रजिता भट्टराई, कक्षा ६ बाट नान्स स्कुल गोङ्गबुकी रिविशा गुरुङ,कक्षा ७ बाट रेडअन स्कुल सामाखुसीकी आरध्या सिंह, कक्षा ८ बाट क्युपिड स्कुल बनियाटरकी किन्जल रिमाल, कक्षा ९ बाट नाम्स स्कुल कि आर्शिया पियाले प्रथम स्थान हासिल गरेका छन्। 

ज्ञानभूमि स्कुल मनमैजु, प्रज्ञान स्कुल टाेखाधलमल, मिलन धर्मस्थली स्कुल काभ्रेस्थलि, सौरेदिप स्कुल बनस्थली, लालिगुराँस विद्या सदन काभ्रेस्थलीका सहभागिहरुले द्वितिय तथा तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य का ट्रफिहरु प्राप्त गरे। १३ वटै विद्यालयहरुलाई सम्मान गरिएकाे साे प्रतियोगितामा शिव कैलाश कला मन्दिरका कोरियोग्राफरहरु चेत कुमारी कार्की ,भरत पुतुवार, रस्तावी रिजाल, बिशाल तामङ, सविना पन्डित, प्रनिता खड्का, रोसनी बुढाथोकी, सर्मिला धिताल अनिसा पुर्जालगायतले प्रतियोगिताको सहजिकरणमा भूमिका निर्वाह गरेका थिए। विशिष्ठ अतिथि टाेखा नगरपालिकाका सचिव सानु श्रेष्ठ, समाजसेवी हरिवंश पन्त, चलचित्र नृत्य संघका महासचिव दीपेन्द्र तिमल्सिना लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए। 

त्यसक्रममा वालवालिकाहरुकाे कला उजागर गर्ने काममा महत्वपूर्ण भूमिका खलेकाे भन्दै टाेखा नगरपालिकाका उप-मेयर तमाङ्गले शिव कैलाश कला मन्दिरलाई धन्यवाद दिएका थिए। 

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार