काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले २४ घण्टामा ८ हजार एक सय ३२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको आरटीपीसीआर विधिबाट र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । न्त्रालयका अनुसार सोही अवधीमा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।
यसैविच काठमाडौं उपत्यकामा तीन सय ४२ ललितपुरमा ८८ र भक्तपुरमा ३१ गरी कुल काठमाडौं उपत्यकाभित्र चार सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।