शनिवार, कार्तिक १ गते २०८३

डडेल्धुरा रुपालको ‘जोगेनी’ जात्राअघि अवरुद्व सडक खुल्ने

शुक्रवार , श्रावण २६, २०८०

रुपा नेपाली, डडेल्धुरा। डडेल्धुराको भागेश्वर गाउँपालिका- २ रुपालका अध्यक्ष उपेन्द्र जोराले गौरा र जोगेनी जात्रापूर्व रुपाल जोड्ने सबै अवरुद्व सडक सुचारु गरिने बताउका छन्। डडेल्धुरा वगरकोट, सिराड बुर्ष हुँदै रुपाल जोड्ने सडकखण्ड र टपुवा विरखम हुदै रुपाल जोड्ने सडकखण्ड सुचारु गरिने उनले बताए। 

त्यसैगरी भागेश्वर-३ लामिकाण्डे, वोगकटा सतिगाउ हुँदै रुपाल र लामिकाण्डे विप्लम हुँदै रुपाल जोड्ने सडक खण्ड पनि सुचारु गरिने उनले बताए।  

'छिमेकी परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी र परशुराम वडा.न ३ का अध्यक्ष नरेश खवाससँग पनि छलफल भएको छ। वर्षा रोकिए लगत्तै रुपालको जोगेनीजात्रा र गौरा पर्वमा यात्रुहरुको सहजतालागि जोगबुडा, शिर्ष, रुपाल अवरुद्व सडकखण्ड सरसफाई गरि सहयोग गरि दिन आग्रह गरिएको छ । उहाँहरु साकारात्मक छन्, उनले भने।'

प्रशिद्ध 'जोगेनी' जात्रा पुर्व अवरुद्व सडक सफाई गरिने, वडा अध्यक्ष जोरा

वर्षाले अवरुद्व गाउँपालिका भित्रका तथा छिमेकी पालिका जाेड्ने सडक सुचारु गर्न पालिका तत्पर रहेको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए। उनका अनुसार यो वर्ष जेठ दाेस्रो सातादेखीको निरन्तर वर्षा रोकिएको छैन। उनले भने ‘रुपालको जोगनी जात्रा र गौराका लागि पनि हामी अवरुद्व सबै सडक छिट्टै सुचारु गर्छाैं।'

हरेक तेस्रो वर्ष विश्वकै अलौकिक (जात्रा) रुपालको वडा.न २ जागेनी डाँडामा मनाइन्छ। गौरा विर्सजनको भोलिपल्ट मनाइने जोगेनी जात्रा रुपालवासीका लागि गाैरवकाे पर्व हाे।

जोगेनी जात (जात्रा)मा राेजागरी तथा अध्ययनकाे शिलशिलामा रुपाल बाहिर रहेका रुपाली मात्र नभई छिमेकी पालिका, छिमेकी जिल्ला, छिमेकी राष्ट्र भारतबाट समेत दर्शकहरू आउने गरेका छन्। यो जात्रा र गौरा सहित चाडपर्वहरु सुरु हुने भएकाले पनि सडक यातायात मुख्य भएकाले अवरुद्व सडक सुचारु अभियान सुरु गरिने उनकाे भनाइ छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार