धनगढी । सुदूरपश्चिमका पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्ग सात दिनपछि सञ्चालनमा आएकाे छ। कैलालीमा साउन२२ मा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।
गोदावरी नगरपालिका-४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिए ।
पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताए ।