काठमाडाैं। आरएम गजमेरको तीज गीत ‘हे डल्ली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हिन्दु नेपाली नारीहरूको महान पर्व तीज आउनै लाग्दा बजारमा तीजका गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ।
त्यसै क्रममा गजमेरको ‘हे डल्ली’ सार्वजनिक भएको हो । विशेष गजमेर र दिलु श्रेष्ठको स्वर रहेको सो गीतमा शब्द र संगीत राजकुमार गजमेरको रहेको छ ।
म्युजिक भिडियोमा राजकुमार र मुईया गजमेरको अभिनय देख्न सकिन्छ । हलेसी डिजिटलमा रेकर्ड गरिएको गीतको एरेन्ज आरबी लाम सिंतानले गरेका छन्।
आरएम गजमेर युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् भने कोरियोग्राफर सरस्वती स्यान्बो तामाङ र सिनेमाटोग्राफरमा रामचन्द्र राई रहेका छन्।
आर्ट सिने स्टुडियोले उत्पादन गरेको सो भिडियोमा अघिल्लो बर्ष मज्जाले तीज मनाउन नपाएको र यसबर्ष श्रीमानले श्रीमतीलाई तीज मनाउनका लागि साडी किनिदिएर माहौल बनाइदिदा खुसी भएको दृश्य देखाइएको छ।