काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग भएका सबै सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले सबै सम्झौता सार्वजनिक गर्न माग गरे।
उनले एमसिसीमा गोप्य सम्झौता पनि भएको दाबी गर्दै सबै सार्वजनिक गरेका हुन् । ‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, रावलले भने, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’
यसअघि भएका असमान सन्धी सम्झौताले अहिलेसम्म नेपालीहरु पीडित हुनुपरेको भन्दै रावलले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुनेमा उनले जोड दिए ।