शनिवार, कार्तिक १ गते २०८३

डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्‍यो

बिहिवार , भाद्र ७, २०८०

काठमाडौं। डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ ।

पारिगाउँ मापन केन्द्रमा ५.८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।

आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा  मङ्गलवारदेखि वर्षा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार