चीनले आफ्नो नयाँ नक्सा जारी गरेको छ । तर, चीनले जारी गरेको उक्त नक्सामा नेपालको चुच्चे नक्सा समावेस गरिएको छैन ।
नेपालले २०७७ मै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर, चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा उक्त भूमि नेपालको नक्सामा देखाइएको छैन ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ट्विट गरेर यो नक्साबारे जानकारी दिएको हो । ग्लोबल टाइम्सले चीनले जारी गरेको नयाँ नक्साको तस्वीर पनि ट्विट गरेको छ । चीनले जारी गरेको यो नक्सामा आफ्नो भूमि समेटिएको भन्दै भारतले त्यसबारे प्रतिक्रिया दिइसकेको छ ।
नेपालको चुच्चे नक्सालाई भारतले स्वीकार गरेको छैन । जानकारहरुले भने यो गम्भीर गल्ती भएको बताउदै चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले यस बिषयमा गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने बताएका छन्।