सोमवार, श्रावण २५ गते २०८३

होटेलबाट खोपसहित स्वास्थ्य कर्मचारी पक्राउ

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । होटलबाट कोरोनाविरुद्धको खोपसहित बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका-१ स्थित होटेल टाएमलेस मोमेन्टबाट १०० भायल खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई शुक्रबार दिउँसो रंगेहात समातेका हुन् ।

खड्काले सोही होटलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए । होटलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यत्र लुकाएका थिए। लुकाइएको खोप होटलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो।


यता खोपसहित स्वास्थ्य शाखाका खड्का समातिएको खबर प्रहरीसमक्ष पुग्नासाथ इलाका प्रहरी कार्यालय अनारमनीको टोली तुरुन्त घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले १०० भायल खोपसहित खड्कालाई नियन्त्रणमा लिएको लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

यता खडकाले आफू होटेलमा बसेकाले स्वास्थ्य कार्यालयको गाडीले यहाँ ल्याएर छाडेर गएको प्रतिक्रिया दिएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार