काठमाडौं। लोकप्रिय गायक राम कृष्ण ढकाल र गायिका बेनीसा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘नयाँ जिवन’ सार्वजनिक भएको छ। गीत बुढा सुब्बा डिजिटलको युट्युबबाट शुक्रवार सार्वजनिक भएको हो।
नीसा अर्यालको शब्द तथा दिपक शर्माको संगीत रहेको गीतलाई पुरुसोत्तम सुवेदीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा लोकप्रिय गायक प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी, र कृष्णको अभिनय रहेको छ।
भिडियोमा प्रकाश सपुतको एउटा खुट्टा नभएको देखिन्छ। मोनीका उनको श्रीमती हुन्छिन्। प्रकाश खुट्टाको अपांग भएकै केहि व्यक्तिहरुले उनकी श्रीमतिमाथी जवरजस्ती करणी गर्छन्। र प्रकाशले ईट्टाले हानेर हत्या गरिदिन्छन्।
बाँकी कथा हेर्न गीतको भिडियो हेर्नुस...............