आइतवार, श्रावण २४ गते २०८३

उपसभापति पोखरेलको कांग्रेसी गीत ‘देशै झलल’ (भिडियो)

शनिवार , श्रावण १६, २०७८

काठमाण्डौँ । नेपाली कांग्रेस खोटाङका उपसभापति धर्मराज पोखरेलले कांग्रेसी गीत ‘देशै झलल’बजारमा ल्याएका छन् । पेशाले इन्जिनियर, समाजसेवा र गायनमा पनि उत्तिकै रुची राख्ने काङ्ग्रेस नेता पोखरेलले काङ्ग्रेस पार्टीको विचार र सिद्धान्तलाई गीतमा ढालेका छन् ।

शिव संगम राईको संगीतमा तयार भएको गीत ‘देशै झलल’मा गायक पोखरेल आफैँले शब्द संयोजन गरेका छन् । पोखरेललाई महिला गायनमा स्मृती शाहीले साथ दिएकी छिन् । 

त्रिताल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुन्दर लामाले संगीत संयोजन गरेका छन् । बागेश्वरी फिल्मस्को व्यानरमा निर्माण गरिएको भिडियो शंकर विसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार