शुक्रवार, आश्विन ३० गते २०८३

एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी विश्व दौडाहामा 

बुधवार , आश्विन १७, २०८०

काठमाडौं।गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्किएका छन्। एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार हङकङ पुगेका छन्। सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गरेका छन्। 

केसीले ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय भएको बताए । आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएका केसीलाई एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल,एनआरएनएका संस्थापक प्रकाश पुनसहित कार्यसमितिबाट स्वागत गरिएको छ । केसी बुधबार अर्थात ४ र ५ तारिखमा कोरियामा रहनेछन् । सो अवसरमा गैर आवासीय नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । No description available.

कोरियामा भेटघाट सकाएर ६ र ७ तारिखमा यूकेमा भेटघाटको कार्यक्रम तय भएको छ । यस्तै, यही ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय गरेका छन्।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आईसीसी उपमहासचिव रहेका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन्। केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व सम्हालेका थिए। तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल भएका थिए। No description available.

त्यति मात्र नभई अष्ट्रेलियामा अति नै लोकप्रिय मानिएको सामाजिक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल भएका थिए। एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैँ सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार