शुक्रवार, आश्विन ३० गते २०८३

केपी ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई

बुधवार , आश्विन २४, २०८०

काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । 

जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका बुढाथोकीलाई नेपाल खेलकुद महासंघ (नेकोस) ले बिदाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित नेपाल खेलकुद महासंघ (नेकोस) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बुढाथोकी यस अघि पनि विभिन्न समयमा विभिन्न राष्ट्रमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको नाम उच्च स्थानमा राख्न सफल खेलाडी हुन् । उनले थुप्रै अन्तर्राष्ट्रिय पदकहरु जितिसकेका छन् ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार