शुक्रवार, आश्विन ३० गते २०८३

दसैँ टीका: कुन देशमा कति बजे छ शुभ साइत ?

बुधवार , आश्विन २४, २०८०

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।

समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ । 

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।

अमेरिकाको न्युयोर्कमा १०:४७ बजे, केन्टुकीमा ११:३१ बजे, टेक्सासमा ११:०३ बजे, वासिङ्गटन डीसीमा १०:५३ बजे र क्यालिफोर्नियामा १०:३१ बजे टीकाको शुभसाइत जुरेको छ ।

यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११:३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ ।

यस्तै समितिले भारत, जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्‍ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०:४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११:१५मा, मेलबर्नमा ११:३५ मिनेटमा, ब्रिसवेनमा १०:२५ मिनेटमा र क्यानबेरामा ११:२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।

यस्तै न्‍यूजिल्याण्डको वेलिङ्गटनमा ११:२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११:२३ मिनेटमा, बेलायतको लण्डनमा ११:३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११:२५ मिनेटमा, नर्वेको ओस्लोमा ११:३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११:१५ मिनेटमा, युएईको अबुधाबीमा ११:०५ मिनेटमा, कतारको दोहामा ९:५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०:३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११:३१ मिनेटमा, इजरायलको तेल अविवमा ९:२५ मिनेटमा, सिंगापुरमा ११:५ मिनेटमा, साउदी अरेबियामा ९:११ मिनेटमा, म्यानमारको याङ्गुनमा १०:३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११:५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार