शुक्रवार, आश्विन ३० गते २०८३

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

शनिवार , आश्विन २७, २०८०

मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको छ । शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुको लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो।

प्रत्यक्षदर्शीका अनुसार शनिबार बिहान अन्दाजी ७:२५ बजे लबुचेको हेलिप्याडमै दुर्घटना भएको हो। ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको छ। 

मनाङ एयरले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।हेलिकप्टरमा पाइलटमात्रै थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार