मंगलवार, आश्विन १३ गते २०८३

भीम रावलले ओलीलाई भने - 'माधव नेपालसंगै छलफल गर्नुस्'

सोमवार , आषाढ २१, २०७८

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेता रावललाई गयराती वालुटार बोलाएर छलफल गर्नु भएको हो । छलफलका क्रममा रावलले उक्त सुझाव दिएका हुन्। रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो।

छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको बताइएको छ।नेता रावलले बालुवाटार छलफलका सम्बन्धमा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन्।

संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा बुझाइएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटम सोमबार साँझ पाँच बजे सकिँदैछ।

तर एमालेको माधव समूहले कुनै हालतमा हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार