काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका–४ कटालका नवीन साउँदको उपचारमा आर्थिक अभाव भएको छ।
त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा बीएड तेस्रो सेमेस्टरमा अध्ययनरत २४ वर्षीय साउँदको खुट्टाको उपचारमा समस्या आएको हो।
पढाइमा अब्बल र मिलन्सार नवीन खुट्टाको समस्याकै कारण जोगबुडास्थित क्याम्पसको छात्रवासमा बस्दै आएका छन्।
जन्मजातदेखि नै खुट्टामा मासु पलाउने समस्यबाट ग्रसित उनलाई हाल नीकै नै समस्या भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका छन्।
तर खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले लाखौं रुपैयाँ खर्च लाग्ने नवीनका बुवा देब सिंह साउँदले बताए। घरको आर्थिक अवस्था नीकै नै कमजोर भएकाले आर्थिक सहयोग गरिदिन समेत उनले अपिल गरेका छन्।
सामाजिक सञ्जालमा पनि अहिले शिक्षक दुर्गा पन्तको अगुवाइमा ‘नवीन साउँद बचाऊ’ अभियान सञ्चालनले ब्यापकता पाएको छ। युवाहरु समेत सो अभियानलाइ ब्यापक बनाईरहेका छन्। उपचाररत नवीनले पनि आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद दिए।
नवीनलाई सहयोग गर्न:
Account Name : Nabin Saud
Account No : 24401607272049000001
Nepal Bank Limited