मंगलवार, आश्विन २० गते २०८३

मधेशका मुख्यमन्त्रीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

बिहिवार , कार्तिक २३, २०८०

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित विभिन्न राजनीतिक दलका नेताहरूले संविधानले तोकेको अधिकार हस्तान्तरणको माग गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछन्। 

प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन लगायत गुठी अधिनस्थ जग्गाको व्यवस्थापन तथा वनसम्बन्धी अधिकार प्रदेश सरकारले पाउनुपर्ने सहितका माग प्रदेशले राखेको छ।

यी माग ३० दिनभित्र पूरा गर्न दबाब दिँदै आज ज्ञापन पत्र बुझाउन लागिएको मुख्यमन्त्री कार्यालयका उपसचिव राजेश कुमार मिश्रले बताए। 

मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासनको अवस्था, प्रदेश विकास निर्माणको अवस्था, जग्गाजमिन तथा जंगलको अवस्था दयनीय रहेकाले ज्ञापनपत्र बुझाएको ३० दिनभित्र संघीय सरकारले माग पूरा गर्नुपर्ने उनीहरूको माग छ। 

मुख्यमन्त्री यादवले संघीयता जोगाउन मधेश सरकारले उठाएका माग समयमै सम्बोधन नगरे प्रदेशदेखि केन्द्रसम्म आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार