आइतवार, श्रावण २४ गते २०८३

राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले दियो बिदा

आइतवार , माघ ७, २०८०

काठमाडौं। भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । भोलि हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको हो ।

कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जानकारी दिएको जानकारी दिएका छन्। सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा उल्लेख छ । भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ l

प्रतिक्रिया
सम्बन्धित समाचार