आइतवार, श्रावण २४ गते २०८३

शिल्पा शेठ्ठी द्वारा सञ्चारमाध्यमविरुद्ध मुद्दा दायर

मंगलवार , श्रावण १९, २०७८

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्ठीले सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै सञ्चारमाध्यमविरुद्ध दुई सय ५६ करोड भारतीय रुपियाँको क्षतिपूर्ति माग गरी मुद्दा दायर गरेकी छिन्।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएअनुसार शिल्पाले विभिन्न सञ्चारमाध्यममा आएका बिनाप्रमाणका समाचारले आफू र आफ्नो करिअर तथा परिवारमा नकारात्मक असर गरेको भन्दै उनीहरूविरुद्ध मुम्बई उच्च अदालतमा मुद्दा दाएर गरेकी छिन्। 

यसका साथै उनले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम समेतलाई मुद्दा हालेको समाचारमा उल्लेख छ। साथै, शिल्पाले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमाआफ्ना पति राज कुन्द्राको केस अनुसन्धान भइरहेकोले आफू र राजको बारेमा तथ्यहीन शीर्षक राखेर कुनै पनि सामग्री प्रकाशित नगर्न आग्रह गरेकी छिन्। 

उनले सञ्चारमाध्यमहरूले आफूसँग माफी माग्नुपर्ने मागसमेत गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार