बिहिवार, आश्विन २९ गते २०८३

महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न र कपडा वितरण

शुक्रवार , आश्विन ४, २०८१

महेन्द्रनगर। सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले सातौँ बार्षिकोत्सवका अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

समुदायसँगसँगै कदम अगाडि भन्ने मूल नाराका साथ सातौं बार्षिककोत्सवमा महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीको विशेष उपस्थितिमा उक्त कार्यक्रम गरिएको छ ।

सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा यस्तै किसिमका सामुदायिक तथा सेवा कार्य गरेर वार्षिकोत्सव मनाउँदै आइरहेको महेन्द्रनगर स्थित सन नेपाल लाइफ ईन्स्योरेन्सका तर्फबाट विवेकानन्द पाण्डेयले बताए । 

f38b91c5-1fb6-4e7f-a671-c8cff5bfc769.jfif

खाद्यान्न तथा लत्तावितरण कार्यक्रमसँगै असहाय तथा बृद्धहरुको सेवाका लागि निशुल्क रुपमा बिमा समेत गर्न सकिने भएकाले यसका लागि समेत पहल गर्न सकिने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार